मोरङमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु

Jantedhunga

विराटनगर । सुनसरीको इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल आज शनिबार बिहानका राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कोशी राजमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१२ मा प्रदेश १–०२–०४८ प ३८७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालक विराटनगर महानगरपालिका–१० का २४ वर्षीय पुरन माझीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका माझीको उपचारका क्रममा विराट नर्सिङ होम एवं विराटनगर अस्पातालमा बिहान ५ः१५ बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । मोटरसाइकलको पछाडि सवार उदयपुरको कटारी नगरपालिका–२ की २८ वर्षीया उमा सुनुवार घाइते भएकी छन् ।

सुनुवारको विराट नर्सिङमै उपचार भइरहेको छ । मादक पदार्थ सेवन (मापसे) गरेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Jantedhunga
प्रतिक्रिया