खोटाङका आचार्य बाबुछोरा भक्तपुरमा मृत भेटिए

Jantedhunga

खोटाङ। जिल्ला हुलाक कार्यालय खोटाङका कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका छोरा प्रबिन आचार्यको  हत्या भएको छ ।                                                   दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई हाल बालकोट बस्दै आएका  कुलप्रसाद आचार्य र प्रविन आचार्य हत्या गरिएको अवस्थामा  मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

जिल्ला हुलाक कार्यालय दिक्तेलका कार्यालय प्रमुख कुलप्रसाद केही दिन अघि मात्र छोराहरू भेट्न दिक्तेलबाट भक्तपुर गएको बताइएको छ

बाहिरबाट चाबी लगाएको अवस्थामा सोमबार शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको अवस्थामा उनीहरुको शव भेटिएको हो। संगै  बस्दै आएका  कुलप्रसादका जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन छन । प्रहरीले उनको खोजी संगै थप अनुसन्धान गरिरहेको जनाएको छ।

Jantedhunga
प्रतिक्रिया