खुकुरी र पेस्तोलसहित एकजना पक्राउ

Jantedhunga

बिराटनगर ।मोरङको  केराबारी गाउँपालिका-९बाट  पेस्तोल र खुकुरी सहित लेटाङ नगरपालिका-१ का ५२ बर्षिय निर कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।   फाल्गुन ३ गते बिहान केराबारी-९ भलुवाइ कि ५० वर्षिया जमुना देबि राई र उनकी २५ वर्षिया छोरी रनुका राईलाई खुकुरी प्रहार गरी घाईते बनाएको र पेस्तोल समेत देखाएको भन्ने अस्थायी प्रहरी पोष्ट भलुवाईमा जानकारी प्राप्त हुना साथ तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले राईलाई ४ राउण्ड गोली लोड भएको MADE IN ITALI लेखेको अटो पेस्तोल १ थान, MADE IN CHINA लेखेको नक्कली पेस्तोल १ थान र दाप भएको खुकुरी सहित पक्राउ गरेको हो ।   खुकुरी प्रहारबाट घाईते भएका दुवै जनाको बिराटनगर स्थित बिराट नर्सिङहोममा उपचार भईरहेको छ भने घटनामा संलग्न हतियार सहित पक्राउ परेका राईलाई  ईलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखी  थप अनुसन्धन भईहरेको प्रहरीले जानकारी दिएको छ।

Jantedhunga
प्रतिक्रिया