अर्धबार्षिक परीक्षा सकिएसंगै दिप्रुङ चुइचुम्मा गाउँपालिकामा हिउँदे बिदा।

Jantedhunga

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४९ ओटा सामुदायिक बिध्यालयहरुमा एकरुपताका साथ पौष १६ गते देखि २३ गतेसम्म संचालित दोस्रो त्रैमासिक परीक्षा सकिए संगै पौष २४ गते देखि  माघ २ गतेसम्म शैक्षिक बर्ष २०८० को हिउँदे बिदा भएको छ। यस अघि दशै, तिहार र छट पर्वलाई समायोजन र हिउँदे बिदा समेत कट्टा गरि दशै देखि छटसम्म एक महिना बिदा दिइएको थियो।

गाउँपालिकाले यस अघिको चाडपर्व बिदा अब्यबहारिक भएको भन्दै दशैँ - तिहारमा छोटो समय बिध्यालय खुल्दा स्थानीय शिक्षक, बिध्यार्थीको ध्यान चाडपर्व तिरै जाने र टाढाका शिक्षक, कर्मचारीहरुले बिदा लिदा बिध्यालहरुमा शिक्षक, बिध्यार्थीको न्यून उपस्थिति भइ पठपाठन प्रभावित हुने भएकाले एकमुष्ट बिदा दिने निर्णय गरेको थियो।

यस अघिको एक महिने बिदा अन्तर्गत हिउँदे बिदा कट्टा गरि बिदा दिई सकिएकाले यो पटक ८ दिन हिउँदे बिदा गरिएको शिक्षा शाखा संयोजक मणि कुमार गिरीले जानकारी दिए।  यो बर्षको हिउँदे बिदा छोटो भएकाले बिध्यालयले आफ्नो अनुकुलतामा ५ दिन स्थानीय बिदा बिध्यालय ब्यबस्थापन समितिको निर्णय अनुसार बिध्यालयहरुले थप बिदा दिन सक्ने गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए।


Jantedhunga
प्रतिक्रिया