खोटाङका आचार्य बाबुछोरा हत्या जेठा छोरा मिलनले गरेको खुलासा

Jantedhunga

काठमाडौं । भक्तपुरमा खोटाङका कुलप्रसाद आचार्य र उनका छोरा प्रविणको हत्या कुलप्रसादका जेठा छोरा मिलन आचार्यले गरेको खुलेको छ। मिलनले प्रहरी समक्ष आत्मसमर्पण गरेपछि सो तथ्य खुलेको हो।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुलप्रसाद र उनका कान्छो छोरा २२ वर्षीय प्रविण सोमबार मृत अवस्थामा फेला परेका थिए ।

भक्तपुरको बालकोटस्थित एक घरमा दाजुभाइ मिलन र प्रविण कोठा भाडामा लिएर बस्दै आएका थिए । उनीहरूलाई भेट्न कुलप्रसाद केही दिनअघि मात्र खोटाङबाट आएका थिए । 

प्रहरीको अनुसन्धानका क्रममा मिलन शनिबार राति कोठाबाट बाहिर निस्किएको सीसीटीभी फुटेजमा देखिएको थियो । प्रहरीले उनीमाथि सोधपुछ गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनले पारिवारिक तनावका कारण बाबु र भाईको हत्या गरेको बताएको प्रहरीले जानकारी दिएको छ।

Jantedhunga
प्रतिक्रिया