विद्यार्थीको भविष्यमाथि इटहरीको नमूना कलेजको खेलवार्ड : परिक्षाको आधा घण्टा अगाडिसम्म परिक्षा केन्द्र कै टुंगो गरेन ?

Jantedhunga

जन्तेढुंगा न्युज डेक्स

खोटाङ । इटहरीको एक प्रतिष्ठित कलेजले विद्यार्थीलाई सहि सूचना समयमै नदिँदा विद्यार्थीले सास्तीमात्र खेप्नु परेन उनीहरुको आधा घण्टाको परिक्षाको समेत बर्बाद भएको समाचार हामीलाई प्राप्त भएको छ । इटहरीमा सञ्चालित नमूना कलेजका विद्यार्थीलाई त्रिभुवन विश्ववद्यालय अन्तर्गत स्नातक तेस्रो वर्षको परिक्षाको परिक्षा केन्द्रका विषयमा समयमै सहि सूचना नदिएको कारणले अन्तिम समयमा दौडधुप, तनाव मात्र भएन आधा घण्टा समय सकिएपछि सहभाग हुँदा पास हुने अवस्थाबाट समेत बञ्चित भएर जीवनमाथि नै खेलवार्ड भएको बताएका छन् । 

गत असार २६ गतेबाट सो परिक्षा सञ्चालनमा रहेको थियो । कलेजले विद्यार्थीलाई समयमा परीक्षा केन्द्र सही नबताए पछि विद्यार्थी हस्याङफस्याङ गर्दै परीक्षा केन्द्र खोज्दा आक्रोसित समेत बनाएका थिए । कलेजले इटहरीको जनता बहुमुखी क्याम्पसमा परिक्षा हुने बताएर विद्यार्थीलाई ढुक्क बनाएको सोही अनुसार सामाजिक सञ्जालमा म्यासेज पठाएको हुँदा जनता बहुमुखी नै परिक्षा केन्द्र हो भन्नेमा विद्यार्थी ढुक्क थिए । तर अन्तिम अवस्थामा परिक्षा केन्द टाढाको कलेजमा परेपछि उनीहरु स्तब्ध मात्र भएनन आक्रोशित समेत बने । परिक्षा केन्द्र जनतामा विद्यार्थी पुगेपछि केन्द्र धरानको परेको थाहा भएकोे उनीहरुले इमेलमार्फत जानकारी जन्तेढुंगालाई जानकारी गराएका छन् । जनता कलेजमा परिक्षा दिन विद्यार्थीहरु ११ नै बजे पुगेका थिए त्यही कलेजको समेत धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा परिक्षा केन्द्र परेको थाहा पाएपछि तनाव र दौडधुपका साथ परिक्षा केन्द्र धरानतिर जान विद्यार्थी बाध्य भएको बताएका छन् । उनीहरुले नमूना कलेजले विद्यार्थीको भविष्यमाथि खेलवार्ड मात्र गरेनन भविष्य नै अन्धकार बनाएको आरोप समेत लगाएका छन् । 

विद्यार्थीहरू परीक्षामा ढिलो पुगिने भन्ने डर एकातिर थियो भने परीक्षाको चिन्ता अर्को तर्फ। अन्तिम समय करिब ११ बजेर ३० मिनेटमा विद्यालयले परीक्षा केन्द्र धरानमा रहेको जानकारी गराए। परीक्षा भने १२ बजे देखि ३ बजे सम्म हुने थियो। यसरी अन्तिम समयमा जानकारी गराउँदा विद्यार्थीको मनोबल निकै कमजोर बनिसकेको थियो। परीक्षा केन्द्रमा झन आधी घण्टा ढिलो पुग्दा विद्यार्थीहरुको हालत के भयो होला ?

आफ्ना गुनासो कलेज व्यवस्थापनलाई सुनाउँदा उनहिरुले परिक्षा नियन्त्रण कार्यालयले इमेल ढिला पढाएको भन्दै गैरजिम्मेवार ढंगले पन्छिएका छन् । कलेजले पहिला देखि नै जनता कलेजमा परीक्षा केन्द्र भएकाले त्यहा नै परीक्षा केन्द्र हो भन्ने सुनिश्चततासहित  ढुक्कले बसेको तर परिक्षा नियन्त्रक कार्यालयले समयमा जानकारी नदिएको यस्तो भएको भन्ने लाचारी, लचिलो र कमजोर जवाफ दिएकोमा समेत विद्यार्थीहरु रुष्ट बनेका छन् । 

यति बेला विद्यार्थी भर्नाको समय छ। यस भर्नाको समयमा भर्ना हुने चाहने विद्यार्थीलाई भड्काउने हो कि भन्ने समाचार हुन्छ कि भनेर विद्यार्थीलाई रिझाउने ? फकाउने प्रयास पनि गरिएको थियो। पहिलो दिनको अंग्रेजीको परीक्षा दिएर निस्किएका विद्यार्थीले ढिलो परीक्षा केन्द्रमा आइपुगेका कारण सबै प्रश्न आफूले जन्दा जाँदै पनि समय अभावले बिग्रिएको बताएका छन् । 

यहि विषयलाई लिएर भोलि विद्यार्थीको अतिजाका कारण कुनै विद्यार्थीले आत्महत्या वा अन्य कुनै घटना हुन पुग्यो भने त्यसको जिम्मेवार को हुने भन्ने प्रश्न पनि विद्यार्थीहरुले उठाएका छन् ?  विद्यार्थीका लागि परीक्षा संवदेनशील हुने गर्दछ यसै संवेदनशील विषयलाई लाचारीपन देखाउँदा विद्यार्थीहरुको भविष्य अन्धकार बन्ने गर्छ।


Jantedhunga
प्रतिक्रिया