तेह्रथुममा जबरजस्ती करणीको आरोपमा एकजना पक्राउ

Jantedhunga

तेह्रथुम । तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार छथर गाउँपालिका–२ मा भदौ ९ गते राति ५६ वर्षीया महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही स्थानका ४४ वर्षीय लिलमबहादुर लिम्बुले जबरजस्ती करणी गरेको सूचना प्राप्त भएको थियो।

घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो। प्रहरीले आरोपित लिम्बुलाई सोही दिन नियन्त्रणमा लिएको जनाएको छ।

पीडित महिलाले भदौ ९ गते नै इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएपछि प्रहरीले आरोपित लिम्बुको स्वास्थ्य परीक्षण (मेडिकल) गराएको थियो। स्वास्थ्य परीक्षणपछि उनलाई प्रहरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा घटनासँग सम्बन्धित थप तथ्य तथा प्रमाण संकलन गरिने प्रहरीले बताएको छ।

Jantedhunga
प्रतिक्रिया