इलाम । इलाममा ज्वाइँले धारिलो हतियार प्रहार गरी जेठी सासुको हत्या गरेका छन् । माई नगरपालिका–४ का ४२ वर्षीय शान्तिराम दुलालले घरायसी विवादको क्रममा भूमिका चापागाईँको हत्या गरेका हुन् ।
दुलालले चापागाईँको टाउकामा हतियार प्रहार गरी घाइते बनाएका थिए । घाइते चापागाईँलाई उपचारका लागि झापाको बिर्तामोड स्थित वि एन्ड सी अस्पताल लगिएको र उपचारका क्रममा मृत्यु भएको इलामका डिएसपी मानबहादुर राईले बताउनु भयो ।
दुलाल र उनकी पत्नी (भूमिकाकी बहिनी) को भने माना चामल सम्बन्धी मुद्दा चलिरहेको जनाइएको छ । केही समय अघि मुद्दाकै क्रममा अदालत पुगेका दुलाल र चापागाईँ बिच पनि अदालत परिसरमा विवाद भएको थियो ।
घटनामा संलग्न दुलाललाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ।
Jantedhunga
saturday 26 apr 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो