खैरो हिरोईनसहित दुईजना पक्राउ

Jantedhunga

युगनन्दन मुखिया 

विराटनगर, वैशाख १५ गते।

मोरङको विराटनगर महानगरपालिका-९  रानीबाट १९१ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।                                                   विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-९ रानीमा प्र.१-०४००२ प ०७७२ नम्बरको मोटरसाईकललाई  चेकजाँच गर्दा भारत देश जोगबनीका ३० वर्षीय मोहम्मद अब्दुल्ला र विराटनगर महानगरपालिका-१७ का बाबु मियाँलाई १ सय ९१ ग्राम लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।         ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुलाई हिरासतमा राखी  अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ।

Jantedhunga
प्रतिक्रिया