दिप्रुङ चुइचुम्मामा ४८ जना अपांगता भएका ब्यक्तिहरूलाई कृतिम हात र खुट्टासहित सामाग्री वितरण।

Jantedhunga

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुलाई कृतिम हात र खुट्टासहित सहायक सामाग्री  वितरण गरिएको छ । गाउँपालिकाका भित्रका ४८ जना अपांगता भएका व्यक्तिहरुलाई गाउँपालिका उपाध्यक्ष श्री अरुणा थापा मगरको अध्यक्षता र गाउँपालिका अध्यक्ष श्री लोकेन्द्र राईको प्रमुख आथित्यमा आयोजित सहायक सामाग्री बितरण कार्यक्रमका बिच वितरण गरिएको हो ।


दिप्रुङ चुइचुम्मा गाउँपालिका, कोशी प्रदेश र करुणा फाउन्डेशनको आर्थिक सहयोग तथा राष्ट्रिय अपांग कोषको प्राविधिक सहयोगमा कृतिम खुट्टा र कृतिम खुट्टासहित सहायक सामाग्री वितरण गरिएको हो । 

करुणा फाउन्डेसन पालिका संयोजक अभिषेक ठाकुरका अनुसार राष्ट्रिय अपांग कोषका प्रोस्थेसिष्ट एण्ड अर्थोष्टिष्ट रामबहादुर थापा, ह्वलिचियर टेक्निसियङ रामहरि लम्साल र कोषका प्रशासन अधिकृत सुनिता पौडेलको उपस्थितिमा १/१ जनालाई कृतिम हात र खुट्टा तथा ४६ जनालाई अपांगता सहायता सहायक सामाग्री बितरण गरिएको छ। 

दिप्रुङ चुइचुम्मा गाउँपालिका - १, बस्ने बिर्ख मगरलाई घुडा मुनिको कृतिम खुट्टा र वडा नं. २ बस्ने गणेश खड्कालाई कुइना मुनिको कृतिम हात बितरण गरिएको अपांगता सिविआर सहजकर्ता भुपराज कटुवालले जानकारी दिनु भयो।

साथै वडा नं. ७ टेम्माका अति अशक्त अपांगता भएकका लिला बहादुर मगर र नवीन मगर, वडा नं. २ कि सेलीका राई, वडा नं. ३ का नहकुल राई, वडा नं. ४ का सर्वजीत राई र वडा नं. ५ का गोविन्द दाहाल खत्रीलाई कम्बोट चिअर वितरण गरिएको छ भने वडा नं. २ का प्रदिम खड्कालाई ह्ववील चिअर, वडा नं. ५ बस्ने खुट्टासम्बन्धी अपांगता भएका सबिन खड्कालाई सपोर्टेड डिभाइस बितरण गरिएको छ।

कृत्रिम खुट्टाको माध्यमबाट हिँडडुल गर्न मिल्ने र कृतिम हातले अभ्यास गर्दै जाँदा पक्रिन, समात्न, लेख्न र २,३ केजी तौलको सामाग्री उचाल्न मिल्ने राष्ट्रिय अपांग कोषका प्रोस्थेसिष्ट एण्ड अर्थोष्टिष्ट रामबहादुर थापाले जानकारी दिनु भयो।

सामान्य अपाङ्गता भएका वडा नं. २ का भुपराज कटुवाल र वडा नं. ७ का संगम राईलाई अर्थोपेटिक सुज वितरण गरिएको छ । यसैगरि सामान्य अपांगता भएका वडा नं.१ का नैन बहादुर श्रेष्ठ, वम ब.खत्री, देवीमाया खड्का, यशोदा खत्री, हस्ते सार्की, वडा नं. २ का जगुमाया खत्री, अर्जुन कुमार तामाङ, वडा नं.४ का नैनकला राई, रामचन्द्र राई, पर्ज बहादुर राई, मनिकुमारी राई, कनक बहादुर राई, बसुन्धरी राई वडा नं.५ का जीत बहादुर थापा, खड्ग बहादुर कटुवाल वडा नं. ७ का राशमान मगर, जीवनकला राई गरि १८ जनालाई वाकिङ स्टिक बितरण गरिएको हो।

साथै  सुनाईसम्बन्धी अपाङ्गता भएका वडा नं.१ का नेपी सार्की, रुद्र बहादुर राई, दिपक अधिकारी,  छविलाल मगर वडा नं. २ का सनमान थापा, बिष्णु बहादुर खड्का, ध्रुव देवकोटा, वडा नं.३ को गणेश बहादुर मगर, वडा नं.४ का लिलामाया राई, प्रीथिसरा राई, पदम बहादुर श्रेष्ठ, कविर ध्वज राई, भक्त बहादुर राई, दिर्घमाया अधिकारी, गोपाल अधिकारी वडा नं. ५ का दलबहादुर श्रेष्ठ, कान्छिमाया श्रेष्ठ, वडा नं.६ का जीते मगर, हरिबहादुर सार्की, वडा नं. ७ का अजन बहादुर राई, तिल बहादुर दर्जीसहित २० जनालाई हियरिङ एड डिभाइस बितरण गरिएको महिला तथा बालबालिका विकास शाखा प्रमुख ओमसरा राईले जानकारी दिनु भयो।

सहायक सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा संबोधन गर्दै गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले गाउँपालिका भित्रका अपांगता भएका ब्यक्तिहरुको दैनिक जीवनलाई सरल तथा सहज बनाउन अपांगता सहायक सामाग्री वितरण गरिएको बताउनु भयो। यसैगरी अपाङ्गता भएका ब्यक्तिहरुको थुप्रै समस्याहरु भएको र आफू उक्त समस्याहरु प्रती जानकार भएकाले उक्त समस्याहरु क्रमश समाधान गर्दै जाने र अपाङ्गता भएका ब्यक्तिहरुको सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याउन र जीवन स्तर माथी उठाउन जीवन निर्वाहका लागि सिपमुलक तालिम, सहायतालगायतको कार्यक्रम गर्दै आएको भन्दै उत्पादनसंग जोडिएको प्राप्त सिपबाट उत्पादन गर्दा बजारको समस्या भए बजारको जिम्मा गाउँपालिकाले लिने बताउँदै अपाङ्गता सम्बन्धीको आगामी कार्यक्रम अपाङ्गता भएकाहरुको माग बमोजिम नै हुने समेत जानकारी दिनुभयो। 



Jantedhunga
प्रतिक्रिया