खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ ओख्रेमा प्रारम्भिक तहका बालबालिकालाई सिकाइ सामग्री वितरण गरिएको छ।
श्री डाँडागाउँ सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडाभित्रका सामुदायिक विद्यालयमा सञ्चालित बालविकास केन्द्र तथा कक्षा १ देखि ३ सम्म अध्ययनरत बालबालिकालाई सिकाइ सामग्री वितरण गरिएको हो।
श्री महेन्द्रोदय माध्यमिक विद्यालय, ओख्रेको प्राङ्गणमा आयोजित कार्यक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका प्रतिनिधि, बुद्धिजीवी, प्रधानाध्यापक तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।
बालबालिकाको प्रारम्भिक सिकाइलाई थप प्रभावकारी, सहज र रोचक बनाउन सिकाइ सामग्रीले सहयोग पुग्ने आयोजकले जनाएको छ। प्रारम्भिक तहमा आवश्यक शैक्षिक सामग्रीको प्रयोगले बालबालिकाको सिकाइप्रति रुचि बढाउन तथा कक्षाकोठामा सिकाइ वातावरण थप प्रभावकारी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी अतिथि, शिक्षक, अभिभावक तथा स्थानीय महानुभावहरूले बालबालिकाको शैक्षिक विकासका लागि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
सिकाइ सामग्री वितरण कार्यक्रम सफल बनाउन सहयोग गर्ने आयोजक, अतिथि, शिक्षक, अभिभावक तथा स्थानीयवासीप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो