काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग आजदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप पहिरो वा अन्य अवरोध नआएमा आज दिउँसो १ बजेदेखि पृथ्वी राजमार्ग हुँदै चल्ने सबै सवारी साधन नियमित रूपमा सञ्चालनमा आउनेछन्।
विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक भासिएपछि राजमार्गमा हाल एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ। सडकमा रहेको अवरोध हटाउने तथा यातायात सञ्चालन सहज बनाउने काम भइरहेको प्रशासनले जनाएको छ।
वर्षा रोकिए पनि राजमार्गका विभिन्न स्थानमा पहिरोको जोखिम कायमै रहेकाले यात्राका क्रममा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। सवारी चालक तथा सडक प्रयोगकर्तालाई ट्राफिक नियम र सडक अनुशासन पूर्णरूपमा पालना गर्न पनि अनुरोध गरिएको छ।
प्रशासनले राजमार्गको अवस्थाबारे थप जानकारी तथा आवश्यक सहयोगका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी १११४, जिल्ला आपतकालीन सञ्चालन केन्द्र १२३४ वा ०१०–५२१४६४ मा सम्पर्क गर्न सकिने जनाएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो