बर्षाका कारण ललितपुरमा साढे दुई तले घर लड्यो

Jantedhunga

काठमाडौं । ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।सोमबार बिहान सोवितकुमार थापाको साढे दुई तले घर ढलेको हो । 

जोखिममा रहेका कारण घरधनीलाई हिजो नै घर खाली गर्न आग्रह गरिएकोले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण जमिन गल्न पुग्दा भिरालो सतहमा बनेको घर ढलेको प्रहरीले जनाएको छ ।

Jantedhunga
प्रतिक्रिया