बुटवलमा ६ घर बगायो, २ सय परिवार विस्थापित

Jantedhunga

बुटवल। रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ स्थित टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार शनिबार राति आएको बाढीले टप मझुवा क्षेत्रमा रहेका २ वटा पक्की र ४ वटा कच्ची घर बगाएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवले तिनाउ नदीमा आएको बाढीले टप मझुवा क्षेत्रमा ६ वटा घर बगाएको जानकारी दिए।

बाढीका कारण तटीय क्षेत्रमा थप जोखिम बढेपछि प्रहरीले करिब २ सय घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको छ।

नदीमा पानीको बहाव बढिरहेकाले तिनाउ नदी आसपासका बस्तीमा उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ। साथै, जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

Jantedhunga
प्रतिक्रिया