हिमलुङ हिमालमा हिमपहिरो : बेपत्ता १० मध्ये २ जनाको शव भेटियो

Jantedhunga

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएका १० जनामध्ये दुई जनाको शव फेला परेको छ।

उद्धार टोलीले फेला पारेका दुई जनाको शव हेलिकप्टरमार्फत चामे ल्याएको हो। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार दुई जनाको शव लिएर हेलिकप्टर भर्खरै चामे आइपुगेको हो।

रात परिसकेकाले बाँकी बेपत्ताको खोजी तथा उद्धार कार्य आज सम्भव नभएको र भोलि बिहानदेखि पुनः खोजी तथा उद्धार कार्य सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी खनालले बताए।

उनका अनुसार हिमपहिरो र ठाडो खोलामा आएको बाढी एकै समयमा परेकाले उद्धार कार्यमा थप चुनौती सिर्जना भएको छ। मनाङमा विद्युत् तथा सञ्चार सञ्जालमा समेत समस्या देखिएकाले घटनाको थप विवरण संकलन तथा समन्वयमा कठिनाइ भइरहेको उनले बताए।

Jantedhunga
प्रतिक्रिया