विराटनगर । मोरङको जहदा गाउँपालिकामा विवाहेत्तर प्रेम सम्बन्धको विवादले हत्याको रूप लिएको खुलेको छ। आफ्नै श्रीमती र उनका भारतीय प्रेमी मिलेर फलामको रड प्रहार गरी श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
हत्या हुनेमा जहदा गाउँपालिका–२, मोहनपुरका ४० वर्षीय बुधराम सोरेन रहेका छन्। आइतबार राति करिब ९ बजे उनको टाउकोमा फलामको रड प्रहार गरी हत्या गरिएको मोरङ प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हत्यामा संलग्न रहेको आरोपमा मृतककी ३५ वर्षीया श्रीमती कमली बास्के र भारतको बिहार राज्यअन्तर्गत कटिहार जिल्लाका २७ वर्षीय सुनील मिश्र पक्राउ परेका छन्।
प्रहरीका अनुसार कमली र सुनीलबीच प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। श्रीमतीको भारतीय नागरिकसँग प्रेम सम्बन्ध रहेको थाहा पाएपछि बुधराम र कमलीबीच विवाद उत्पन्न भएको थियो।
सोही विवादपछि कमली र सुनीलले मिलेर बुधराममाथि फलामको रड प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गम्भीर चोट लागेका बुधरामको घटनास्थलमै मृत्यु भएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो