काठमाडौं । यमपञ्चकको अन्तिम दिन आज (२५ कात्तिक) देशभर दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र फूलमाला लगाइदिएर भाइटीका पर्व मनाउँदैछन्।
कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर स्नेह र सम्मान प्रकट गर्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे रहेको छ। दिदीबहिनी नहुनेका लागि काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज खुला गरिएको छ।
नेवार समुदायले भने आजको दिनलाई किजापूजाका रूपमा मनाउने परम्परा रहेको छ।
Jantedhunga
wednesday 11 nov 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो