महालेखा परीक्षकको कार्यलयले स्थानीय तहहरुको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजानिक गरेपछी खोटाङका केही स्थानीय तहहरुको खर्च तथा बेरुजुलाई लिएर सामाजिक संजालहरुमा विभिन्न टिकाटिप्णी र प्रतिक्रियाहरु ब्यक्त भईरहेका छ्न्।
विविध शिर्षक अन्तगरत भएका कार्यक्रम खर्च, खाजा खर्च, अतिथी सत्कार खर्चलगायतको इन्धन, सवारीसाधन मर्मत खर्च र मृत्यु भईसकेका ब्यक्तिहरुको नाममा समेत सामाजिक सुरक्षा भक्ता निकासा भएको देखिएको कारण टिकाटिप्णी शुरु भएको हो।
दिप्रुङ चुइचुम्मा गाउँपालिकाको विविध तथा खाजा खर्च शिर्षकमा आ.व. २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदनमा खर्च मितब्ययीका लागि दिइएको सुझाव र सामाजिक सुरक्षा भक्ता खर्च बेरुजुको आलोचना भएको थियो। तर खोटाङका सबै स्थानीय तहहरुको आ.व. २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदनमा विविध खर्च शिर्षकमा खर्च मितब्ययीका लागि सुझाव दिइएको छ भने चार स्थानीय तहहरुमा मृत्युु भइसकेको ब्यक्तिहरुको नाममा निकासा भएको बेरुजु समाजिक सुरक्षा भक्ता असुल गरि संघीय संचित कोषमा दाखिल गर्न प्रतिवेदनमा सुझाव दिएको छ।
प्रतिवेदन अनुसार खोटेहाङ गाउँपालिकामा मृत्यु भईसकेका १५ जनाको नाममा रु.२,१८,४१७।- दुई लाख अठार हजार चार सय सत्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मृत्यु भईसकेको २ जनाको नाममा रु.४७,५००।- सड्चालिस हजार पाँच सय, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १६ जनाको नाममा रु.३,०७,६२५।- तिनलाख सात हजार छ सय पच्चिस र जन्तेढुङ्गा गाउँपालिकामा ७ जनाको नाममा ३१,९३१।- एकतिस हजार नौ सय एकतिस बेरुजु सामाजिक सुरक्षा भक्ता रकम असुल गरी संघीय संचित कोषमा जम्मा गर्न सुझावमा उल्लेख गरिएको देखिन्छ।
साथै खोटाङका सबै स्थानीय तहहरुलाई खर्च मित्यब्ययीको सुझाव दिएको विविध तथा खाजा खर्च शिर्षकमा हलेसी तुवाचुङ नगरपालिकामा खाजामा रु.१४,९०,०००।- चौधलाख नब्बे हजार र ब्यक्तिगत मोबाइल रिचार्जमा रु.३,६१,२१५।- तिनलाख एकसट्ठी हजार दुइसय पन्ध्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विविधमा रु.२७,१३,०००।- सत्ताइस लाख तेह्र हजार, ऐशेलुखर्कमा विविधमा १३,०४,११।- तेह्र लाख चार हजार एघार, रावावेशी गाउँपालिकामा रु. १०,२७,०००।-, जन्तेढुङ्गा गाउँपालिका विविधमा रु.५३,२०,०००।- त्रिपन्न लाख बीस हजार, खोटेहाङ गाउँपालिकामा खाजामा रु.१९,६३,५००।- उन्नाईस लाख, त्रिसठ्ठी हजार पाँच सय, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा खाजामा रु. १६,३६,७८५।- सोह्र लाख छत्तिस हजार सात सय पचासी, केपिलासगढि गाउँपालिकामा रु. १०,२७,१७९।- दस लाख सत्ताइस हजार एक सय उनासी, बराहपोखरी गाउँपालिकामा विविधमा २९,५६,०००।- उन्तीस लाख छपन्न हजार खर्च रकमलाई मितब्ययी खर्चका लागि प्रतिवेदनमा सुझाव दिइएको छ।
विविध तथा खाजा, इन्धन, सवारी साधन मर्मत खर्च नियमित खर्चहरु भएकाले आवश्यकता अनुसार प्रत्येक बर्ष घटबढ हुने र पुरै कटौती गर्न नसकियता पनि लेखा परीक्षकले आर्थिक अनुसाशनका लागि दिइएको सुझाव अनुसार खर्च रकम कम गर्न सकिने र आगामी दिनमा यस्ता खर्चहरु कम गर्दै जाने दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले बताउनु भयो।
यसैगरी मृत्युु भईसकेको ब्यक्तिहरुको नाममा निकासा भएको सामाजिक सुरक्षा भक्ता रकम सम्बन्धमा वडा कार्यालयबाट लगत कट्टा नहुँदा मृतक ब्यक्तिहरुको बैँक खातामा रकम निकासा भएको र २०८१ भाद्रमा लेखापरीक्षण भएकाले प्रतिबेदनमा मृतकहरुका नाममा निकासा भएको एकमुष्ट बेरुजु ३,०७,६२५।- तिन लाख सात हजार छ सय पच्चिस देखिएता पनि २०८१ मंसिर ८ गते रु.१,१६,२९४।- एक लाख सोह्र हजार दुई सय चौरानब्बे फिर्ता तथा असुल गरि संघीय संचित कोषमा जम्मा गरिसकीएको र सानिमा बैँक ओख्रे शाखामा रहेको मृतकहरुको नाममा जम्मा भई हालसम्म खातामै रहेको भोलि नै पत्र लेखी फिर्ता गरिने ७०,२९७।- सत्तरी हजार दुई सय सन्तानब्बे गरि जम्मा रु. १,८६,५९१।- असुल हुने हुंदा बाँकी रु. १,२१,०३४।- एक लाख एकाइस हजार चौतिस बेरुजु असुल गर्न सम्बन्धित शाखा र वडालाई निर्देशन दिइसकिएकाले यथासिघ्र असुल गरि संघीय संचित कोषमा जम्मा गर्ने साथै आगामी दिनमा प्रत्येक मृतकको परिवारले ३५ दिन भित्र मृत्यु दर्ता नगरे वडा कार्यालयमार्फत सत्य, तथ्य बुझी कडाईका साथ लगत कट्टा गरी यस्तो बेरुजु शुन्यमा झारिनेसमेत अध्यक्ष राईले बताउनु भयो।
साथै रचनात्मक सुझावका लागि महालेखा परीक्षकको कार्यालय, विभिन्न माध्यमबाट सुझाव दिनुहुने सबै सरोकारवाला महानुभावहरु र सूचना सम्प्रेषण गरी खबरदारी र नागरिकहरुलाई समेत सुशिक्षित गराउने संचार माध्यम तथा संचारकर्मीहरुलाई धन्यवादसमेत ब्यक्त गर्नु भयो।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो