काठमाडौं । सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
यसअघि छठ पर्वका लागि सार्वजनिक बिदा तोकिए पनि पर्वको मुख्य विधिअन्तर्गत सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्ने परम्परा रहेकाले सरकारले थप एक दिन बिदा दिने निर्णय गरेको हो।
छठ पर्वमा आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिन्छ भने सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्वको समापन हुन्छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै छठ पर्वकै अवसरमा कात्तिक ३० गते पनि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।
सरकारको यस निर्णयसँगै सोमबार सरकारी कार्यालय तथा सार्वजनिक निकायहरू बन्द रहनेछन्।
Jantedhunga
friday 13 nov 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो