दिप्रुङ चुइचुम्मा गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को उपाध्यक्ष लक्षित ५ कार्यक्रम प्रभावकारी भएको भन्दै चर्चा हुन थालेको छ। गाउँपालिका उपाध्यक्ष अरुणा थापा मगर निर्वाचित भए पश्चात् शुरु भएको उपाध्यक्ष लक्षित कार्यक्रम अन्तरगत गत बर्ष प्रजनन् स्वास्थ्य समस्या पहिचान तथा उपचारका लागि ७ वटै वडाहरु शिविर संचालन गरि शिविरमा उपचार सम्भव नभएका पाठेघरसम्बधी जटिल समस्या भएका १७ जना महिलाहरुलाई उपाध्यक्ष थापा मगर आफैँले काठमाडौंको थापाथली स्थित परोपरकार प्रसुती तथा स्त्री रोग अस्पताल पुर्याई १३ जना महिलाहरुको सफल अप्रेसन र अन्यको उपचार गरि ल्याएपछी उपाध्यक्ष मगरको चौतर्फी प्रशंसा भएको थियो।
यस आर्थिक बर्ष उपाध्यक्ष लक्षित कार्यक्रम अन्तरगत शिशुदेखि जेष्ठ आमाहरुसम्मलाई समेट्ने महिला सक्तिकरण, सिपमुलक तालिम, सम्मान, सुत्केरी भेटघाट र उपचारजस्ता महिलाहरुको हितमा ५ लोकप्रिय कार्यक्रमहरु सम्पन्न भएका छन् ।
यस बर्ष पनि गत बर्ष झैँ ७ जना प्रजनन् स्वास्थ्य समस्या भएका महिलाहरूलाई उपाध्यक्ष आफैंले जिल्ला अस्पताल उदयपुर पुर्याई सफल उपचार गरि ल्याएको र आफुहरुको स्वास्थ्य समस्या समाधान भएको उपचार पछि घर फर्किएकी एक महिलाले बताइन् । वर्षौदेखि स्वास्थ्य समस्या थियो! असजिलो हुन्थ्यो! तर परिवारमा पनि थाहा थिएन, धामी झाक्री र गाउँघरको स्वास्थ्य संस्थामा सामान्य औषधि उपचार गरेपनी ठिक नै नहुने! गत बर्ष उपाध्यक्षले उपचार गरेर ल्याएका महिला दिदिबहिनीहरुले आफुँहरुलाई ठिक भएको भनेपछी उपचार गरे ठिक हुने रहेछ भन्ने आत्मा विस्वास बढेको र घरपरिवारसंग सल्लाह गरेर उपाध्यक्षसंग उपचारमा गएको बताइन् । समयमै रोग पहिचान र उपचार गरे दुख नपाइने रहेछ भन्दै गाउँपालिका उपाध्यक्षलाई धन्यवाद दिदै हसिँलो मुद्रामा खुसी ब्यक्तसमेत गरिन।
गाउँपालिकाको आधारभूत अस्पताल ओख्रे र स्वास्थ्य चौकी स-छितापोखरीमा डाक्टरसहितको स्क्रिनिङ शिविर संचालन गरि ७० जना महिलाहरूलाई प्रजनन् स्वास्थ्यसम्बन्धी परामर्श दिनुका साथै रिङ प्रेशरी राखिएको र ७ जना केही जटिल समस्या भएका महिलाहरुलाई उपचारका लागि बाहिर लगिएको स्वास्थ्य तथा नर्सिङ शाखा संयोजक चन्द्रमाया राईले जानकारी दिइन्।
साथै उपाध्यक्ष लक्षित कार्यक्रम अन्तगरत नै अन्तरास्ट्रिय नारी दिवशको अवसरमा ७ वटै वडाहरुमा महिला सशक्तीकरण कार्यक्रम गरिएको महिला तथा बालबालिका शाखा प्रमुख ओमसरा राईले जानकारी दिइन्। यसैगरि जेष्ठ महिला सम्मान कार्यक्रम संचालन गरी घर-घरमा पुगि १०० जना बढी जेष्ठ आमाहरुलाई सम्मान र सुत्केरी आमाहरुलाई सुत्केरी भेटघाट कार्यक्रम अन्तरगत सातै वडाका १२० जना बढी सुत्केरी महिला र बच्चाहरुलाई पोसिलो खानेकुरा, सरसफाइ तथा नमुना सामाग्री वितरणसंगै नर्सिङ शाखाको सहजीकरणमा आमा र बच्चाको पाेषण, हेरचाह, स्वास्थ्य र सरसफाइसम्बन्धी नमुना प्रस्तुतीकरण समेत गरिएको शाखा प्रमुख राईले बताइन् ।
गाउँपालिका उपाध्यक्ष मगरले महिला दिदिबहिनीहरुको समस्या प्रती जानकार र संबेदनसिल भएकाले आफू निर्वाचित भए लगत्तै महिलाहरुको स्वास्थ्य समस्या समाधान, सशक्तीकरण, आम्मनिर्भरताजस्ता सामाजिक, आर्थिक विकासको कार्यक्रम गरिरहेको बताईन।
महिलाहरुको सम्भव भएसम्म टोल बस्ती र घर-घर पुगेर आवश्यकताहरुको पहिचान गर्ने र त्यही अनुसार कार्यक्रम तर्जुमा गरि कार्यान्वयन गर्ने गरेको बताइन् । यो पटकको कार्यक्रमको सिलसिलामा महिला दिदिबहिनीहरुको घर-घरमा पुग्दा थप नयाँ आवस्यकताहरु पहिचान र संकलन भएकाले प्राथमिकताका आधारमा आगामी दिनमा संबोधन गरिने जानकारी दिइन। साथै विशेष गरि महिला दिदिबहिनीहरुले धेरै स्वास्थ्य समस्या लुकाएर राख्ने र घर परिवारमा समेत ब्यक्त गर्न अफ्ठारो मान्ने गरेको पाइएकाले खुलेर आफ्नो समस्या राख्न र समस्यमै स्वास्थ्य समस्या समाधान गर्न आम दिप्रुङ चुइचुम्माबासी महिला दिदी बहिनीहरुलाई आह्वानसमेत गरिन्।
