कोशीमा ठूलो हलचल: कांग्रेसका मन्त्रीहरू बाहिरिँदै!

Jantedhunga

विराटनगर। कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले आजै राजीनामा दिने भएका छन्।

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको निर्देशनपछि सरकारमा रहेका ४ मन्त्री र १ राज्यमन्त्रीले पद छाड्न लागेका हुन्। प्रमुख सचेतक गोपाल तामाङका अनुसार दलको निर्णयअनुसार मन्त्रीहरूले आजै राजीनामा बुझाउने तयारी गरेका छन्।
राजीनामा दिनुअघि आजै अन्तिम मन्त्रिपरिषद् बैठक बोलाइएको छ। नयाँ राजनीतिक समीकरण गठनका लागि बाटो खुला गर्न कांग्रेसका मन्त्रीहरू सरकारबाट बाहिरिन लागेका हुन्। 

Jantedhunga
प्रतिक्रिया