खोटाङ, याङसोलाटार।
नागरिकहरूको स्वास्थ्य संवेदनशीलता र आकस्मिक सुरक्षालाई मध्यनजर गर्दै खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले 'हेलो डाक्टर कार्यक्रम' सञ्चालनमा ल्याएको छ। तत्काल स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्ने अवस्थाका गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्या भएका पालिकाबासीहरूलाई घरदैलोमै स्वास्थ्य सेवा तथा परामर्श उपलब्ध गराउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो।
यसैबीच, यस कार्यक्रमको आधिकारिक लोगोमा तस्बिर अंकित हुनुभएका पालिकाका एक आदरणीय एवं सम्मानित स्थानीय अभिभावक दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ५ बाघमारा बस्ने लाल बहादुर पाण्डेको ८४ वर्षको उमेरमा देहावसान भएको छ। गाउँपालिकाको नक्सा र स्टेथोस्कोपको माझमा सजाइएको उहाँको तस्बिरले नागरिकको स्वास्थ्य र सुरक्षाप्रतिको अभिभावकत्वलाई प्रतिनिधित्व गरेको छ।
गाउँ कार्यपालिकाको कार्यालयद्वारा सञ्चालित यस कार्यक्रम अन्तर्गत सामान्य प्रकृतिका स्वास्थ्य समस्याका लागि समेत सम्पर्क माध्यमबाट विशेषज्ञ परामर्श लिन सकिने व्यवस्था मिलाइएको छ।"हाम्रो परिकल्पना: समृद्ध दिप्रुङ चुइचुम्मा" भन्ने मूल नाराका साथ अघि बढेको यस स्वास्थ्य सेवाले दुर्गमका नागरिकलाई ठूलो राहत पुर्याउदै आएको छ।
गाउँपालिका अध्यक्ष लोकेन्द्र राईद्वारा हेल्लो डाक्टर कार्यक्रमको लोगोमा अंकित स्थानीय बुवाको ८४ बर्षको उमेर मा भएको देहावसान प्रती दुःख व्यक्त गर्नुभएको छ। अध्यक्ष राईले दिवंगत अभिभावकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभएको छ, "पालिकाको लोककल्याणकारी कार्यक्रमको पहिचान बन्नुभएका आदरणीय बुवाको निधनले हाम्रो पालिकाले एक सच्चा र निष्ठावान अभिभावक गुमाएको छ।उहाँ भौतिक रूपमा हामीमाझ नरहे पनि पालिकाको यो लोककल्याणकारी कार्यक्रमको लोगोमार्फत उहाँलाई दिप्रुङ चुइचुम्माबासीहरुले र स्मरण गरिरहने बताउनु भयो।" अध्यक्ष राईले दिवंगत बुवाको आत्माको वैकुण्ठ वासको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना समेत प्रकट गर्नुभएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो