सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ गञ्जेडाँडामा भएको हत्या घटनाको अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
गत साउन २३ गते बिहान करिब ७ः३० बजे गञ्जेडाँडामा सोही स्थानका ४६ वर्षीय तोईबहादुर कटुवालको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
घटनाको अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले २०८३ साउन २५ गते थप दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा १७ वर्षीय बालक र सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाका २१ वर्षीय बिनोद खड्का रहेका छन्।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य पक्ष तथा घटनाको कारणबारे समेत अनुसन्धान भइरहेको छ। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको छ।
Jantedhunga
monday 10 aug 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो