धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुङ्गेखोलास्थित पृथ्वी राजमार्गमा हायस, टिपर, ट्याक्सी र स्कुटर एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.३ ख ८८८८ नम्बरको हायस र विपरीत दिशाबाट आउँदै गरेको बा.४ ख ३९५१ नम्बरको टिपर एकआपसमा ठोक्किएका थिए। त्यसपछि सोही दिशातर्फ जाँदै गरेको ग.१ ज ३५११ नम्बरको ट्याक्सी र बा.प्र.०२–०१८ प १८५९ नम्बरको स्कुटर समेत टिपरको पछाडि ठोक्किएका थिए।
दुर्घटनामा हायसमा सवार तीन जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी साइबाबा सामुदायिक अस्पताल, धार्केमा सामान्य उपचार गरिएको थियो। थप उपचारका लागि उनीहरूलाई काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ।
घाइते हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–१ का ४७ वर्षीय शिव थापा, धादिङको गजुरी गाउँपालिका–८ का ६५ वर्षीय कुलप्रसाद ढुङ्गाना र गोरखा नगरपालिका–१३ की ३६ वर्षीया सरस्वती श्रेष्ठ रहेका छन्।दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो