कपिलवस्तु । कपिलवस्तु नगरपालिका–७ धरमपनियामा सडक छेउमा बिग्रिएर मर्मत भइरहेको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
तौलिहवा–भैरहवा सडकखण्डमा सडक छेउमा बिग्रिएर बनाउँदै गरेको ना.६ ख ६४२३ नम्बरको टाटा मिनी ट्रकको पछाडिपट्टि लु.८२ प ८६२८ नम्बरको १५० सीसी बजाज पल्सर मोटरसाइकल ठोक्किएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक कपिलवस्तु, शुद्धोधन गाउँपालिका–३ कटैयाभारीका २३ वर्षीय सन्तोष कहार गम्भीर घाइते भएका थिए। उनको जिल्ला अस्पताल तौलिहवामा उपचारका क्रममा चिकित्सकले राति ११ः१३ बजे मृत घोषणा गरेका हुन्।
मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका–७ पिपरहवाका अन्दाजी ३२ वर्षीय शेषराम पासी र सोही स्थानका अन्दाजी २५ वर्षीय दुर्गेश यादव घाइते भएका छन्।
घाइते दुवै जनाको चौराहा अस्पताल, बुटवलमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो