दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले दिप्रुङ चुइचुम्मा गाउँपालिकामा कार्यरत शिक्षक, कर्मचारीहरुको हक, हितका लागि आगामी दुई बर्ष भित्र एक करोडको शिक्षक, कर्मचारी हक, हित कोषको स्थापना गर्ने घोषणा गर्नुभएको छ।
शिक्षक, कर्मचारीहरुको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राईले यस्तो घोषणा गर्नुभएको हो। अध्यक्ष राईको अनुसार आगामी आर्थिक बर्षमा कोषका लागि ३० लाख बजेट बिनियोजन गर्ने र उक्त कोषलाई एक करोड पुर्याउने बताउनु भएको छ। बर्तमान संघिय शिक्षा ऐन, नियमावली अनुसार बिध्यालयमा कार्यरत राहत, अनुदान, अस्थायी, करार, बाबिके, लेखा, कार्यालय सहयोगीलगाएत शिक्षक, कर्मचारीहरुको भविष्य अन्योल भएको र शिक्षक, कर्मचारीहरुको जीवनमा पर्न सक्ने जोखिम, विपत तथा आर्थिक संकटलाई मध्यनजर गर्दै त्यसका लागि उक्त कोष स्थापना गर्न लागिएको बताउनु भएको छ। उक्त कोषको संचालन तथा ब्यबस्थापनाका लागि कार्यविधी निर्माण गरिने र उक्त कार्यविधि बमोजिम शिक्षक, कर्मचारी हितका लागि खर्च गरिने समेत अध्यक्ष राईले बताउनु भयो।
अध्यक्ष राई निर्वाचित भए पश्चात शिक्षा क्षेत्रको ब्यापक सुधारका कार्यक्रमहरु अघि बढिरहेका छन् । निर्वाचित भए लगत्तै गाउँपालिका अन्तरगतका सामुदायिक बिध्यालयको सबै कक्षा कोठाहरु धुलो रहित बनाउने घोषणा गरेका थिए। अहिले उक्त घोषणा अनुसार सबै कक्षाकोठाहरु धुलोरहित हुन्ने अन्तिम चरणमा छन्। बिध्यालयमा घेराबारा, खानेपाली, सौचालयलगाएतको कार्यक्रमलाई पहिलो प्राथमिकताका साथ काम भइरहेका छन् ।
शिक्षक दरबन्दी मिलान, स्वंयमसेवक शिक्षक नियुक्ति, आवासीय बिध्यालय, बिध्यार्थी संख्याका आधारमा कक्षा घटौती तथ थप, अतिरिक्त कक्षा संचालन तथा अनुदानलगाएतको शिक्षामैत्री काम सम्पन्न भई सकेका छन् । अध्यक्ष राईले गुणस्तरीय शिक्षाका लागि भौतिक, शैक्षिक सुधारसंगै शिक्षकहरुको हक, हित र वृति, बिकास हुनु पर्ने कुरामा जोड दिदै आउनु भएको छ। यसका लागि भन्दै राईले आज शिक्षक, हक, हितका लागि एक करोडको कोष स्थापना गर्ने घोषणा गर्नु भएको हो।
