गैर कानुनी रुपमा फेलापारेको चेक बाउन्स गरेर मुद्धा दर्ता

Jantedhunga
काठमान्डौ। गैरकानुनी माध्यम बाट एक प्राइभेट कम्पनीको हस्ताक्षर भएको चेक फेला पारेका ब्यक्तिले चेक बाउन्स गरि बैकिङ कसुर तथा सजाय ऐन अन्तर्गत प्रहरी मा जाहेरी समेत दिएको खुलेको छ्।             शुभसाइत कन्ट्रक्सन प्रालि को नाममा Nic Asia बैक मा रहेको खाताको चेक फेला पारि आफु खुसि २० लाख रकम उल्लेख गरि चेक बाउन्स गरेको पाइएको हो। लक्ष्मण खत्री नाम गरेका ति ब्यक्तीले जिल्ला प्रहरी परिसर  काठमाडौं मा जहेरी समेत दिएको भनि कम्पनीका एक पुर्ब कर्मचारी लाइ प्रहरीले फोन गरेपछि उक्त रहस्य खुलेको हो। उक्त कम्पनीका सन्चालक सङ खत्रीको कुनै लेनदेन र कारोबार समेत नभएको अवस्थामा ति ब्यक्तिले अनाधिकृत रुपमा चेक बाउन्स गरी बैकिङ कसुर गरेको देखिएको ले बैकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार मुद्धा दर्ताको लागि कानुनी परामर्स भै रहेको कम्पनी श्रोतले बताएको छ।

Jantedhunga
प्रतिक्रिया