राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारत र मलेसियाका लागी राजदुत नियुक्त

Jantedhunga

काठमाडौ ।राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गरेका छन्।

उनले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. शङ्करप्रसाद शर्मालाई भारत र डा नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

Jantedhunga
प्रतिक्रिया