मोरङ । मोरङको बेलबारी नगरपालिका–९ गैराखुनीमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
प्रहरीका अनुसार सोमबार राति करिब ११ बजे डाँगाबजारबाट बाउनीतर्फ जाँदै गरेको को ३२ प ३२४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा मोटरसाइकल चालक बेलबारी नगरपालिका–९ निवासी २९ वर्षीय सनम खवास गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो।
उपचारकै क्रममा मंगलबार राति करिब १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Jantedhunga
tuesday 04 aug 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो