दाङ, साउन १७ । दाङको राप्ती गाउँपालिका–४ गोपीनाला स्थित पूर्व–पश्चिम राजमार्गमा आइतबार कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन्।
प्रहरीका अनुसार भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको UP44AS8124 नम्बरको कार चालकको नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच फिट तल खसेर झण्डै ५० मिटर घिस्रिँदै दुर्घटनामा परेको हो।
दुर्घटनामा भारतको सिद्धार्थनगर नगरपालिका–६ निवासी २५ वर्षीय चालक रवि महमद, उनकी ३४ वर्षीया श्रीमती फराह सेख, ६ वर्षीया छोरी रिफा सेख तथा सनि कुमार घाइते भएका छन्।
घाइते चारै जनालाई उपचारका लागि राप्ती आधारभूत अस्पताल, सिसहनिया पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Jantedhunga
sunday 02 aug 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो