मंसिर ४, धरान ।
संगठन वा जीव अस्तित्वमा गतिशीलता आवश्यक, प्रमुख अतिथि राई ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन धरान उपमहानगरपालिका समितिले २०८० सालको देउसी भैलोको समापन औपचारिक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।
धरान, १५ आधारभूत टोल स्थित आधारभूत महिला समूहको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय परिषद सदस्य विष्णु पुमा राईको प्रमुख आतिथ्यमा भव्यरुपमा सम्पन्न भएको हो ।
समापन कार्यक्रमका प्रमुख अतिथि राईले एकीकृत अखिल नेपाल शिक्षक संगठन धरान नगर समितिले देउसी भैलो कार्यक्रमको आयोजना गरेर संगठनलाई गतिशील बनाएकोमा धन्यवाद ज्ञापन गर्दै कुनै पनि जीव अस्तित्वमा रहन गतिशील हुन आवश्यक रहेको कुरा विज्ञानले समेत पुष्टि गरिसकेको बताएका छन् ।
प्रमुख अतिथि राईले हरेक संघ संगठनहरु पनि अस्तित्वमा रहन र जीवन्त हुन गतिशील हुन जरुरी रहेको उल्लेख गर्दै नगर समितिलाई गतिशील बनाएकोमा नगर अध्यक्ष तथा नगर समितिलाई धन्यवाद दिँदै यसबाट आपसी सामाजिक सम्बन्धहरुमा नयाँ आयाम थपिदै संगठनको प्रचारप्रसारमा यस्ता रचनात्मक गतिविधिले नौलो उचाई हासिल गर्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदेश सदस्य यम चाम्लिङ, जिल्ला उपाध्यक्ष मिना तामाङ, नगर उपाध्यक्ष लीला मगर, शिक्षक भूपालसिंह भुजेल लगायतले आफ्नो धारणा राखेका थिए ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन धरान नगर समितिका सचीव मंगलसिंह तामाङको संचालन तथा नगर अध्यक्ष काजीबहादुर लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
धरान उपमहानगरपालिका भित्र रहेका संगठनप्रति आस्थावान शिक्षक, शिक्षिका एवं विद्यालय कर्मचारीहरुको सघनउपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको नगर अध्यक्ष काजीबहादुर लामाले जानकारी दिएका छन् ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो