बिराटनगर।सवारी दुर्घटनामा सहचालकको मृत्युपछि फरार रहेका प्रतिवादी १९ बर्ष पछी पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचिनगर नगरपालिका ११ का ५४ बर्षीय बन काईलो भन्ने नर बहादुर भुजेल रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बुधबार दिउसो ११ बजे उनकै घरबाट पक्राउ गरेको हो । २०६२ साल फागुन ९ गते बिहान साँढे ७ बजे भुजेलले चलाएको मे १ त ७३७ नम्बरको ट्याक्टरबाट सोही ट्याक्टरका सहचालक टेकेन्द्र लिम्बु (ताम्लिङ) सडकमा खस्दा सोही ट्याक्टरले किच्दा लिम्बुको घटनास्थलमानै मृत्यु भएको थियो ।
उक्त घटनाप,फरार रहेका ट्याक्टर चालक भुजेल १९ बर्ष पछी पक्राउ परेका हुन् । पक्राउ परेका भुजेललाई जिल्ला अदालत झापाबाट म्याद थप गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो