जन्तेढुंगा संवाददाता
दुहवी । सुनसरीको दुहवी नगरपालिकाले सुकुम्बासी घरधुरीहरुलाई आज एक कार्यक्रम गरी दुहवी नगर प्रमुख आवास योजनाका ८० घरहरु वितरण गरीएको छ ।
नगर प्रमुख आवास योजना कार्यक्रम अन्तर्गत नगरपालिकाले नगरक्षेत्र भित्र बसोबास गर्ने भुमिहिन, दलित,सुकुम्बासी र अब्यवस्थित बसोबास गर्नेहरुलाइ ब्यवस्थित र सुरक्षित बसोबासका लागि अति विपन्न शुकुमबासी परीवारहरुलाई नगर प्रमुख वेदनारायण गच्छदारले ८० घर वितरण गरीएका छन् ।
नगरपालिकाको बार्षिक बिनियोजित बजेट मार्फत दुहबी नगरपालिकाले वडा नम्बर ११ मा करिब दुई बिगाह क्षेत्रफलमा तिन बर्ष अगाडि देखी निर्माण सुरु गरेको आवास निर्माण कार्य सम्पन्न गरी आज नगर प्रमुख गचादार प्रमाण पत्र सहित घरको साचो प्रदान गरी हस्ताणतरण गरीएको छ ।
सुकुम्बासीका लागी निर्माण गरिएका घरहरुमा बेडरुम, किचन, सौचालय,स्नानगृह, बिद्युत, चौबिसै घन्टा खानेपानी , प्लेग्राउण्ड सहितको नगर अवास निर्माण गरी हस्ताणतरण गरीएको छ । अगामी चरणमा नगर अवास भित्र प्रारम्भिक बालशिक्षालय,सामुदायिक भवन, ,ग्रोसरि, स्वास्थ्य क्लिनिक सुबिधा सहितको आधुनिक आवास निर्माणको चरणमा रहेको नगर प्रमुख गच्छदारले बताएका छन् ।

फरक प्रसंगमा नगर प्रमुख गच्छादारले सुकुम्बासि समस्या मुलुककै समस्या हो, तर नगरपालिकाले आफ्ना नागरिकलाइ केहि सुबिधा प्रदान गर्न सकिन्छ कि समस्याग्रसित सुकुम्बासिलाइ स्थायि बासस्थान दिएर मुहारमा खुसिभर्न सकिन्छ भनेर नगर प्रमुख आवास योजना कार्यक्रम अभियान सन्चालन गरेको बताए ।
नगर प्रमुख गच्छदार अनुसार केही महिना अघी दुहवीका १२ औंटै वडाका बासीहरुबाट निवेदन माग गरी छनोट प्रकृया मार्फत अति विपन्नमा रहेका परीवारहरुलाई नामावलि संकलन गरि आज कार्यक्रम मार्फत ८० घरधुरी परीवारलाई घर वितरण गरेका छन् ।
नगरप्रमुख गच्छदारले नगर अवास योजनालाई सफल बनाउने सम्पुर्ण पुर्व जनप्रतिनिधी लगाएत सम्पुर्ण सरोकारवालाहरुलाई धन्यवाद दिंदै नगर अवास भित्र निर्मानाधिन अवस्थामा रहेका सामुदायिक भवन , सामुदायिक विद्यालय चाडै नै सम्पन्न गरीने बताए ।

मेयर गच्छदारले वितरण गरीएका ८० घर धुरीका घरपरीवारको महिला सदस्यहरुलाई आउने दिनहरुमा लघुउद्यममा जोडी विउँ पुँजी समेत प्रदान गरी उद्यमी व्यवसायीको रुपमा स्थापित गराउने गच्छदारले बताए । जसअनुरुप आज भुमीहिन तथा शुकुमबासी भई बाच्नुपर्ने अवस्था सृजना भएता पनि अगामी दिनहरुमा तिनका सन्ततीहरु आफु अनुकुल अनुसार कम्तीमा १० धुर जग्गा सम्म जोड्न सक्ने स्थितीको हैसियत बनाउने मेयर गच्छदारले प्रतिवद्धता जहेर गरे ।
नगर अवास योजनाको आर्थिक वर्ष २०७६÷०७७ मा टेण्डर प्रकृया मार्फत अहवान गरी चार ओटा चरणमा निर्माण प्रकृया सम्पन्न गरीएको नगरपालिकाका इन्जिनियर हेमनारायण माझीले जानकारी दिए ।
नगर अवासको कुल लागत ७ करोड ४७ लाख १५ हजार ९ सय ९४ रुपैयाँ रहेको थियो । जस मध्ये जग्गा खरीदमा ८६ लाख रुपैयाँ खर्चिएको थियो भने घर, बाटो निर्माण, धार ,पानी टेंकी , नाला र अधुरो सामुदायिक भवन निर्माणमा ६ करोड २० लाख ८९ हजार ९ सय ६६ रुपैयाँ खर्चिएको दुहवी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राककुमार केसीले बताए ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो