खुर्पा प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

Jantedhunga

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनय त्रिवेणी गाउँपालिका–३ चिसापानीमा श्रीमान्ले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

प्रहरीका अनुसार विनय त्रिवेणी गाउँपालिका–३ चिसापानी बस्ने करिब ४३ वर्षीय शेरबहादुर विकले आफ्नै श्रीमती करिब ४० वर्षीया उनिमाया विकको घाँटीमा धारिलो हतियार खुर्पा प्रहार गरेका थिए।

खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी उनिमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले शेरबहादुर विकलाई नियन्त्रणमा लिएको र घटना स्थलमा  प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान तथा घटनाको थप प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Jantedhunga
प्रतिक्रिया