खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाको श्री सहकला आधारभुत बिध्यालय वालिङ्खा, बतासेकी प्र.अ. रिता राउतलाई गाउँपालिकाले कारबाही गरेको छ।
२०८१ कार्तिक २७ गते मंगलबार प्र.अ. राउत बिध्यालयका कार्यालय लगाएत सबै कक्षाकोठाहरुको चाबी आफैँसंग राखेर बिध्यालय नै नखोली घरमै बसेको भेटिएपछी गाउँपालिकाले कारबाही गरेको हो।
शिक्षा युवा तथा खेलकुद शाखाबाट बिध्यालय निरीक्षक रणशेर तामाङ उक्त दिन ठिक २.१० बजे अनुगमनको क्रममा बिध्यालय पुग्दा बिध्यालय बन्द रहेको र एक शिक्षक खेमराज कंडेल मात्र खुल्ला चौरमा देखेपछि बिध्यालय प्राङ्गणबाट प्र.अ. राउतसँग फोन सम्पर्क गर्दा आफू बिध्यालयमै रहेको र बिध्यालयमा पठन-पाठन भईरहेको तथा सबै शिक्षक, कर्मचारीहरु उपस्थित भएको गलत जानकारी दिएपछी बिध्यालय निरीक्षक तामाङले स्थानीय अभिभावकहरु कृष्ण बहादुर प्रधान, भगवता प्रधान, निर्मला जोगी, पदम कुमारी जोगी र सोही बिध्यालयमा कार्यरत शिक्षक खेमराज कंडेल सहितको उपस्थितिमा बिध्यालय बन्द रहेको सम्बन्धमा लिखित प्रतिबेदन तयार गरी फर्किएका थिए। उक्त बिध्यालयमा दुई शिक्षक र एक कर्मचारी कार्यरत छ्न।
अनुगमन प्रतिबेदनको आधारमा प्र.अ.लाई २४ घण्टे लिखित स्पष्टीकरण सोधिएको र निजले बिध्यालय नखोल्नुको चित्तबुझ्दो जवाफ नदिएकाले कारबाही गरि प्र.अ. पदबाट बर्खास्त गरिएको शिक्षा, युवा तथा खेलकुद संयोजक मणिकुमार गिरिले जानकारी दिए।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो