टिपरको ठक्करबाट साइकलयात्रीको ज्यान गयो

Jantedhunga

झापा, असार ३ गते । झापाको गौरादह नगरपालिकामा भएको सवारी दुर्घटनामा एक साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति गौरादह–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईं रहेको प्रहरीले जनाएको छ।

मंगलबार राति करिब ८ः२० बजेतिर गौरादह–१ स्थित नवदुर्गा पेट्रोल पम्प नजिक पाडाजुगी–गौरीगञ्ज भित्री सडकखण्डमा उक्त दुर्घटना भएको हो। डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ११८८ नम्बरको टिपरले साइकल चलाइरहेका गुरागाईंलाई ठक्कर दिएको प्रहरीको भनाइ छ।

दुर्घटनापछि गम्भीर घाइते भएका गुरागाईंको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि दमक अस्पताल लगिएको भए पनि उपचारकै क्रममा चिकित्सकले राति ८ः४५ बजे मृत घोषणा गरेका थिए।

घटनापछि टिपर चालक गौरादह–१ का ३५ वर्षीय उमेश ताजपुरियालाई नियन्त्रणमा लिइएको छ। दुर्घटनामा संलग्न टिपरसमेत प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Jantedhunga
प्रतिक्रिया