नेकपा एमालेको दिप्रुङ चुइचुम्मामा बृहत सभा, जिल्ला उपाध्यक्षसहित ५१ जना पार्टी प्रवेश ।

Jantedhunga

नेकपा एमाले दिप्रुङ चुइचुम्मा गाउँपालिका स्तरीय बृहत सभा सम्पन्न भएको छ।

गाउँपालिका पार्टी कमिटीको आयोजनामा जरा केन्द्रित अभियान जागरण सभा तथा क्यालेन्डर बिमोचन बृहत सभा दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं.२ ओख्रेमा गाउँपालिका कमिटी अध्यक्ष मनोज राईको अध्यक्षता र नेकपा एमाले केन्द्रिय पोलिट्ब्युरो सदस्य, खोटाङ जिल्ला इन्चार्ज, पुर्व संविधान सभा सदस्य मा. विशाल भट्टराईको प्रमुख आथित्यमा सम्पन्न भएको हो।

कार्यक्रममा केन्द्रिय सदस्य खगेन्द्र राई, उषाकला राई, कोशी प्रदेश सदस्य चर्च बि.क. पुर्व जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, जिल्ला उपसचिव राजन बन्जराको बिशेष उपस्थिति रहेको थियो। यस्तै जिल्ला सचिवालय सदस्य तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राई, जिल्ला सदस्य इन्द्र तामाङ, अरुणा थापा मगर, राजदेश राई, दिनेश पौडेल, पुर्व जिल्ला सदस्य शिवराज राईलगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रममा पालिका कमिटीले तयार गरेको क्यालेन्डर बिमोचन, लामो समयसम्म नेकपा एमाले पार्टीमा कृयाशिल ७० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई सम्मानसमेत गरेको छ।

साथै कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष नरेशराज राईको नेतृत्वमा नेकपा एस, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरि ५१ जना नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एसबाट पालिका सचिव भिमसेन राई, उपसचिव मेघराज खत्री, सन्तोष राई, नगेन्द्र राई, भिमलसेर राई, बिध्या सागर राई, भविन्द्र राई, अनिल नेपाली, सुस्मा नेपाली, सोभा राई, सन्जिव खड्का, प्रतिराज राई, माओवादी केन्द्रबाट पदम नेपाली, महेन्द्र खत्री, पुर्णकला राई, दुर्गा बिसन्खे, अनुप बि.क. र नेपाली कांग्रेसबाट राज कुमार खत्रीको नेतृत्वमा ललित बहादुर खड्का, रमेश ठटाल, कमला गुरुङ, ललिता गुरुङ, मिना खत्री, मिरा खड्का, केसब खत्री, समसेर परियार, खड्गबहादुर थापा, अस्मिता अधिकारी थापा, कुमार खड्का, सुजता परियार, दिलकुमारी परियार, नैनकुमारी परियार, धनकुमार परियार, सजिना परियार, दिलकुमार परियार, जगत बहादुर खड्का, मायाकुमारी खड्का, रत्नबहादुर खड्का, मनमाया खड्का, पवन खड्का, लिलाभक्त खड्का, गोमा खड्का, गणेश खड्का, चन्द्र मगर, बाबुराम खत्री, गणेश बहादुर मगर लगाएतले अन्य पार्टिले देश र जनताको हितमा काम गर्न नसकेको भन्दै नेकपा एमालेमा प्रवेश गरेका नेकपा एमाले पालिका कमिटी सहसचिव भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो।

यसैगरी कार्यक्रममा बिमल खड्काको अध्यक्षतामा सेवा निबृत राष्ट्र सेवक कर्मचारी संघ गठन भएको छ। उपाध्यक्ष इश्वर कटुवाल, सचिव केशव खड्का, कोषाध्यक्ष कुमारी राई, सहसचिव नानीबाबु बस्नेत, सदस्य बौवा कुमार कार्की, अम्बिका सिग्देल, किरण रोका, अम्बर देवकोटा, बीरकाजी खड्का, रत्न राई, भुपेन्द्र बस्नेत, बिस्णु बहादुर कटुवालसहितको १३ सदस्यीय समिति गठन भएको हो।

Jantedhunga
प्रतिक्रिया