खोटाङका विद्यालयमा आँखा पाक्ने रोग देखिए पछि पठनपाठन बन्द

Jantedhunga

जन्तेढुंगा संवाददाता

खोटाङ । खोटाङका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा आँखा पाक्ने रोग देखिएपछि पठनपाठन बन्द गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालित २ वटा निजी विद्यालय वडा नं. १ दिक्तेलस्थित माउन्ट एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुल र वडा नं. २ सोल्मा अल्छेढुंगास्थित हिलसाइड स्याम्पल एकेडेमी स्कुलको पठनपाठन बन्द गरिएको विद्यालय प्रशासन बताएको छ । प्लस टु सम्म अध्ययन हुने माउन्ट एभरेष्टले कक्षा १ देखि १० सम्मको पठन पाठन बन्द गरे पनि प्लस टु अर्थात ११ र १२ को पठनपाठन भने नियमित सञ्चालन गरिरहेको बुझिएको छ । सो स्कुलमा केही दिन अगाडि दर्जन बढी विद्यार्थीको आँखाको रोग दखिएकोमा हाल बढेर ४ दर्जन विद्यार्थी बिमारी भएका छन् । यता अर्को पठनपाठन बन्द गरिएको विद्यालयको अवस्था पनि उस्तै छ । 


Jantedhunga
प्रतिक्रिया