काभ्रेपलाञ्चोक । लगातारको भारी वर्षाका कारण बीपी राजमार्गको काभ्रेतर्फको सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ ।
मौसम प्रतिकूल बनेपछि रोशी खोलामा पानीको सतह तीव्र रूपमा बढ्दै गएको र बाढी आउन सक्ने जोखिम देखिएपछि सुरक्षा सतर्कता अपनाउँदै सडक बन्द गरिएको प्रहरीले जनाएको छ । काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार निरन्तरको वर्षाले रोशी खोलामा जलस्तर खतराको तह नजिक पुगेको छ ।
सम्भावित जनधनको क्षतिलाई रोक्न तत्कालका लागि उक्त सडकखण्डमा सबै प्रकारका सवारी आवागमन रोकिएको जानकारी उनले दिए । प्रहरीले यात्रु तथा सर्वसाधारणलाई आवश्यक जानकारीका लागि नेपाल प्रहरीको १०० नम्बर वा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।
मौसममा सुधार नभएसम्म सडक खुल्ने समयका बारेमा यकिन नभएको पनि प्रहरीले जनाएको छ । भारी वर्षाका कारण यस क्षेत्रका यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो