पाँचथर।प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई ‘सेटिङ’ मा छाडिएको आरोप लगाएका छन ।
समृद्धिका लागि एमालेको मध्यपहाडी संकल्प यात्राअन्तर्गत आज (शनिबार) पाँचथरको फिदिममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसका खाँणलाई छोडिएको तर एमालेका नेता पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिइएको भन्दै आपत्ति जनाए।
कांग्रेसका बालकृष्ण खाँण छुटे । तर हाम्रा कोही साथीहरूलाई जेल राखिएको छ । टोपबहादुरजी एमालेमा लागेको रिसले उहाँलाई जेलमै राखियो । कांग्रेसको मान्छे न्यायाधीश हुन्छ अनि कहाँ हुन्छ !’ ओलीले भने।
नक्कली भुटानी शरणनार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री समेत रहेका खाँणलाई पाटन उच्च अदालतले बिहीवार ३० रुपैयाँ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । उनी शुक्रवार रिहा भएका छन् । हाल एमाले भएका पूर्व माओवादी नेता रायमाझीलाई भने थुनामै राखिएको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो