किरात समुदायको मुख्य चाड उधौली पर्व देशभरी मनाइयो। हेर्नुहाेस् ।

Jantedhunga

किराँत समुदायको मुख्य चाड उधौली पर्व देशभर पूजाआजा तथा विभिन्न संस्कृतिक कार्यक्रम गरेर मनाइएको छ। 

साकेला उधौली समेत भनिने यो पर्व हरेक वर्ष मंसिर पुर्णीमाका दिन मनाउने गरिन्छ । अन्नबाली भित्राईएको खुसीयाली तथा मानिस, जनावर र चराचुरुङ्गी लेकबाट बेँसीतिर झर्ने संकेत स्वरुप यो पर्व मनाउने चलन छ । 

विशेष गरि उधौली पर्व अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गरिन्छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा,चामललगायत सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको छ।

उधौली र उभौलीमा किराँत राईहरुको प्रत्येक घरमा तीन चुल्हा पुज्नाका साथै साकेला स्थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ । छितको गुन्यु मखमलको चोली, पहेंलो पटुकी, दौरा सुरुवाल, ढाका टोपीलगायत किराँती मौलिक वेषभूषामा सजिएर नाच्दै गाँउदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदाय मात्र नभई गैरकिराँत समुदायका युवायुवतीसमेत सहभागी हुने गरेका छन्

चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिन्छ । 

अन्नबाली लगाउने समय अर्थात बैशाख पूर्णीदेखि उभौली र अन्न भित्र्याउने बेला अर्थात मङ्सिर पूर्णिमादेखि उधौली चाड मनाउने चलन छ । चराचुरुङ्गी बेंशीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो चाडमा आफन्तजन, चेलीबेटीलगायत भेला हुने र दुःख सुखका कुरा गर्ने चाडका रुपमा पनि लिइन्छ ।


Jantedhunga
प्रतिक्रिया