कोशीसहित यी १३ नदीले गर्यो खतराको तह पार : आवश्यक सतर्कता अपनाउन आग्रह

Jantedhunga

काठमाडौं । लगातारको वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतराको तह पार गरेको छ । 

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोसी, बबई, मेची, नारायणी, केसलीया, कन्काई नदीको मैनाचुली र कमला नदीको वेलसोत क्षेत्रमासतर्कता अपनाउन आग्रह गरिएको छ । यी लगायतका १३ वटा नदीहरुमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी गरेको छ ।  विभागले ती नदीहरूको आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । 

बाढीले खतरा तह पार गरिसकेकाले नदीतटिय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन विभागले आहवान गरेको छ ।

Jantedhunga
प्रतिक्रिया