झापाको दमकबाट खैरो हेरोइनसहित एक जना पक्राउ

Jantedhunga

दमक, साउन ४। झापाको दमक नगरपालिका–१ हवल्दारचोकस्थित एक टपरी होटलबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।

इलामको चुलाचुली गाउँपालिका–४ पालिका टोल निवासी ३५ वर्षीय पूर्णकुमार राईले लागुऔषधको कारोबार गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो। सो क्रममा उनले लुकाई राखेको अवस्थामा खैरो हेरोइनजस्तो देखिने २२.१५ ग्राम लिसाइलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधसहित पूर्णकुमार राईलाई नियन्त्रणमा लिइएको छ। साथै, उनको साथबाट एउटा मोबाइल फोन र मे १० प ३९७० नम्बरको पल्सर मोटरसाइकल समेत बरामद गरिएको छ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

Jantedhunga
प्रतिक्रिया