खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, नेर्पास्थित माम्खाकी ४३ वर्षीया शान्ता राई मृत अवस्थामा फेला परेकी छन्।
परिवारका सदस्यका अनुसार शनिबार अपराह्न घरबाट बाहिर निस्किएकी राई साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए। खोजतलासका क्रममा शनिबार राति करिब ८:३० बजे घरबाट करिब ५० मिटर पूर्वतर्फ रहेको छागें खोलामा उनको शव भेटिएको हो।
घटनाको सूचना प्राप्त भएपछि अस्थायी प्रहरी चौकी तालखर्क र जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली घटनास्थल पुगेर शव सुरक्षित रूपमा बाहिर निकालेको थियो। त्यसपछि शवलाई आवश्यक प्रक्रिया पूरा नभएसम्मका लागि मृतककै घरमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आइतबार शवको मुचुल्का उठाउने, पोस्टमार्टम गर्ने तथा अन्य कानुनी प्रक्रिया अघि बढाइनेछ। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो