डडेल्धुरा, साउन २ । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखान क्षेत्रमा शुक्रबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ निवासी २५ वर्षीय शुभम लोथ्याल र २० वर्षीय हुम लोथ्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अन्य तीन जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था र परिचयबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनास्थलमा प्रहरी टोलीले उद्धार तथा आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रारम्भिक अनुमानअनुसार सडकको जोखिमपूर्ण मोड, मौसम वा सवारीको प्राविधिक अवस्थालगायत पक्षलाई ध्यानमा राखी दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो