कोशी प्रदेश सरकारको प्रवक्तामा गोम्बु शेर्पा

Jantedhunga

काठमाडौं । कोशी प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ।

बुधबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मन्त्री शेर्पालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो। नयाँ मन्त्रिपरिषद् विस्तारपछि बसेको पहिलो बैठकले मुख्यमन्त्री सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्दै त्यसको तयारी अघि बढाउने निर्णयसमेत गरेको छ।

मन्त्रिपरिषद् बैठकपछि मन्त्री शेर्पाले मुख्यमन्त्री सम्मेलनको अवधारणा पत्र स्वीकृत गर्ने र सम्मेलनको आवश्यक तयारी अघि बढाउने निर्णय भएको जानकारी दिए।

बैठकले सरकारका विभिन्न कामलाई प्रभावकारी रूपमा अघि बढाउन तीनवटा समिति गठन गर्ने निर्णयसमेत गरेको छ। समितिहरूको कार्यक्षेत्र र जिम्मेवारीअनुसार प्रदेश सरकारका आगामी कार्यक्रम तथा नीतिगत कामलाई अघि बढाइने जनाइएको छ।

नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेश सरकारको कार्यसम्पादनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न महत्वपूर्ण निर्णय गरेको हो।

Jantedhunga
प्रतिक्रिया