नवलपरासी । पूर्वाधार विकास कार्यालय नवलपरासीपूर्वले एक वर्षको अवधिमा नवलपुरमा ३७ किलोमिटर सडक कालोपत्र गरेको छ । जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार कार्यालयले आफूमातहतका विभिन्न सडक योजनाअन्तर्गत ३७ किमी सडक कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताउनुभयो । कार्यालयले गत आवमा ३९ किलोमिटर नाला निर्माण गरेको छ । यस्तै ठूला तीन मोटरेबल पुल निर्माण सम्पन्न गरेको उहाँले बताउनुभयो ।
पूर्वाधार कार्यालयले १२ कलभर्ट÷कजवे निर्माण गरेको छ । यस्तै तीन झोलुङ्गे पुल निर्माण गरेको कार्यालय प्रमुख अर्यालले बताउनुभयो । गत वर्ष पूर्वाधार विकास कार्यालयले सडक निर्माण, मोटरेबल पुल, झोलुङ्गे पुल, कलभर्ट निर्माणसहितका बहुवर्षीय एक सय १५ योजना सम्पन्न गरेको उहाँले बताउनुभयो ।
Jantedhunga
friday 30 aug 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो