उदयपुर । त्रियुगा नगरपालिका–८ बागचौरीमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण गाईघाट शाखाका एक कर्मचारीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० बोक्सेचोक निवासी ४५ वर्षीय रामकृष्ण राजधामी रहेका छन् । उनी नेपाल विद्युत प्राधिकरण गाईघाट शाखामा कार्यरत थिए ।
राजधामी विद्युत मर्मतसम्भारका लागि त्रियुगा नगरपालिका–८ स्थित बागचौरी पुगेका थिए । सोमबार साँझ करिब ५ः३० बजे विद्युतको पोलमा चढेर मर्मत गर्ने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
घाइते राजधामीलाई तत्काल उपचारका लागि उदयपुर जिल्ला अस्पताल, गाईघाट ल्याइएको थियो । तर, उपचारका क्रममा साँझ ६ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Jantedhunga
monday 07 sep 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो