खोटाङको प्रमुख जिल्ला अधिकारीमा महेश कुमार गुरुङ आउँदै

Jantedhunga

खोटाङ, १९ भदौ । गृह मन्त्रालयले खोटाङको प्रमुख जिल्ला अधिकारीमा महेश कुमार  गुरुङलाई पदस्थापन गरेको छ । गृह मन्त्रालयको भदौ १५ गतेको निर्णयअनुसार गुरुङलाई खोटाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो ।

यसअघि खोटाङको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रेखा कँडेलको सरुवा भएपछि उनको स्थानमा बाँकेमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत गुरुङलाई पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयले भदौ १५ गते गरेको निर्णयअनुसार कोशी प्रदेशका झापा, खोटाङ र भोजपुरसहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् । झापामा सहसचिव श्रवणकुमार पोखरेल र भोजपुरमा गृह मन्त्रालयका उपसचिव कुलमोहर अर्याललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

नयाँ प्रमुख जिल्ला अधिकारीको आगमनसँगै खोटाङको शान्ति–सुरक्षा, प्रशासनिक सेवा तथा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

Jantedhunga
प्रतिक्रिया