असोज २ खोटाङ । भदौ १३ गते बुधबार जन्तेढुंगा ६ दिप्लुङ निवासी विनोद राईको वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया स्थित आफू कार्यरत रहनु भएको कम्पनीमै असामयिक मृत्यु वरण भएको छ ।
यसै सन्दर्भमा नेपाली काङ्ग्रेस जन्तेढुंगाले स्वर्गीय विनोद राईको परिवारलाई भेटी समवेदना तथा मृत आत्मा प्रति चिर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरि भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।
अनौपचारिक रुपमा सम्पन्न गरिएको उक्त कार्यक्रममा पाटीको तर्फबाट आफ्नो संक्षिप्त धारणा राख्दै गाउँ पाटी सचीव मोहन सुप्तिहाङले शोक संदेश वाचन गरि नेपाली काङ्ग्रेस जन्तेढुुुंगा ६ नम्बर पाटी सभापति सागर राई द्वारा परिवारलाई उक्त शोक पत्र हस्तान्तरण गरिएको छ ।
उक्त कार्यक्रममा पाटीका प्रदेश प्रतिनिधि कर्ण विक, गाउँ पालिका कार्य समितिका उपसभापति रमेशकुमार राई, सचीव मोहन सुप्तिहाङ, सदस्य शिवकुमार राई, वडा सभापति द्वय धनबहादुर राई, सागर राई, नेपाल निजामती कर्मचारी युनियन जन्तेढुंगाका अध्यक्ष किरण राई नेताहरु देवराज बस्नेत दिलीप राई लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
जन्तेढुंगा गाउँ पालिका ६, दिप्लुङ (सातमारा) स्थित उहाँको निजि निवासमा पुगी काङ्ग्रेसले बुबा कविराज राई लगायत परिवारलाई भेटेर उक्त कार्य सम्पन्न गरिएको नेपाली काङ्ग्रेस जन्तेढुंगाका पाटी सचीव मोहन सुप्तिहाङले बताउनु भएको छ ।
विक्रम संवत् २०५१ साल पुस १२ गते जन्मनु भएका स्व विनोद राई साढे पाँच वर्ष अघि वैदेशिक रोजगारीको सिलसिलामा कोरिया जानु भएको थियो ।
मृत्युको खबर आउनु केहि दिन अघि मात्रै छोरा संग टेलिफोन कुराकानी भएको बुबा कवीराज राईले बताउनु भएको छ । कुराकानीको क्रममा आफू कार्यरत रहेको कम्पनीका हाकिम संग झगडा भएको र दुई महिनाको तलब पनि नदिएको कुरा छोराले आफूलाई जानकारी गराएपछि चिन्तित हुँदै बरु दुई महिनाको पैसा पनि माया मारेरै भए पनि चाडै घर फर्कनु भनेको कुरा स्मरण गर्दै बुबा कविराज राईले गुनासो पोख्नु भएको छ ।
बुवा कविराज राईका अनुसार उहाँका भाई मृतक विनोदका काका सुमन राई पनि यस अघि दक्षिण कोरियामै लामो समय सम्म रोजगारीको क्रममा रहेर आउनु भएको र उहाँले घटना लगत्तै विनोद कार्यरत रहनु भएको कम्पनीका हाकिम संग सम्पर्क गरेर आफ्नो दिवंगत भतिजाको बारेमा सोधपुछ गर्दा स्पष्ट कुरा नगरी गैरजिम्मेवारी पुर्वक र आनाकानी खालको अपत्यारिलो जवाफ दिनुका साथै पछिल्लो समय फोननै उठाउन छाडेका थिए ।
घटना र शवको बारेमा गम्भीर चासो लिएर कुरा गर्न थालेपछि हाकिमले फोननै उठाउन छाड्नुले विनोद मृत्यु प्रकरण रहस्यमय रहेको थाहा हुन आएको छ ।
घटना भएको करिब दुई हप्ता पछि सम्पूर्ण प्रक्रिया पूरा गरेर गत बुधबार स्वर्गीय राईको शव नेपाल ल्याई दाह संस्कार गरिएको छ ।
स्वर्गीय विनोद राई नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य हुनुहुन्थ्यो भने उहाँको बुवा कवीराज राई हाल पाटीका क्षेत्रीय प्रतिनिधि र नेपाल शिक्षक संघ खोटाङका पूर्व सहसचिव हुनुहुन्छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो